संसद् बैठकमा सांसद्को सङ्ख्या न्यून भयो : रामहरि खतिवडा

राजनीति

काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसद्को सङ्ख्या न्यून देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संसद्मा हाजिर गर्ने र हिड्ने प्रवृत्ति देखिएको बताउनुभयो ।
“प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ । अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरु हुनुहुन्न”, उहाँले भन्नुभयो, “संसद् हाजिर गर्ने र हिड्ने (हाटा) माध्यम नबनोस् ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट