`

रविलक्षित जितनारायणकाे टिप्पणी– मंसिरकाे हुरीले अब काम गर्दैन

Nepal One HD १६ चैत २०७९ १२:३४
राजनीति

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिस्पर्धीका रूपमा कांग्रेसले श्रेष्ठलाई अघि सारेकाे हाे । 

उम्मेदवारकाे टुङ्गाे लागेसँगै पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले रवि लामिछानेलाई लक्षित गर्दै मंसिरमा आएको हावाहुरीले अहिले काम नगर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे,‘मंसिरमा भएको निर्वाचन चितवनमा हावाहुरी आएको थियो। जे हावाहुरी आएको थियो त्यो मान्छे अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने परिस्थिति बनेको छ।

अहिले कहिले कसलाई समर्थन गरेको छ। कहिले कसलाई भोट हालेको छ। भोट हालेको कारण पनि खुलाउनु पर्दैन। किन सरकारलाई समर्थन गरेको र विश्वासको मत दिएको जनतालाई भन्नु पनि नपर्ने। पार्टीबाट निर्णय गर्नु पनि नपर्ने। चितवनको नागरिक सचेत छन्।’

रवि लामिछानेको हावा खुस्किसकेको बताउँदै उहाँले आफ्नो जीतलाई कसैले पनि रोक्न नसक्ने समेत बताउनुभयो । 


प्रतिक्रिया