`

पत्रकार महासंघको स्थापना दिवसमा सप्तरीमा २४ जनाले गरे रक्तदान

Nepal One HD १६ चैत २०७९ २१:१२
समाचार

सप्तरी, १६  चैत – नेपाल पत्रकार महासँघको ६८औं स्थापना दिवसको अवसरमा शाखा सप्तरीले बिहीबार रक्तदान कार्यक्रम गरेको छ ।

रक्तदान गर्नेमा नेपाल पत्रकार महासँघका कावा अध्यक्ष बैधनाथ यादब, संचारकर्मि रक्षा चौधरी, जितेन्द्र झा, रामनारायण यादब, कमल मण्डल, रमानन्द देव, दिपेश देव जोशी, संजिव दास रहेका छन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका सई प्रराज चौलागाई, सागर मल्ल,अजय चौधरी,जितेन्द्र यादब,सुमन चौलागाई,कौशल पुन,नवराज श्रेष्ठ,रामशरण महतो,शिरोमनि साह,सशस्त्र प्रहरी वल तर्फ सई सजित श्रेष्ठ,केवल कार्कि,हेमबहादुर सेढाई,कुमार सिवभक्ती,कृष्ण लामा, श्यामकुमार श्रेष्ठ, र सुजन बैरवा लगायत २४ जनाले रक्तदान गरेको महासँघ सचिव रामनारायण विश्वासले जानकारी दिएका छन् ।

उक्त अवसरमा पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह र शाखा सप्तरी कावा वैधनाथ यादबले संयुक्त रूपमा केक काटेर स्थापना दिवस मनाएको छ ।

उक्त अवसरमा नेपाल पत्रकार महासँघका पूर्वअध्यक्ष बैधनाथ झा, मुरली यादब, प्रेस मंचका महासचिव अवधेश झा, प्रेस मंच सप्तरीका अध्यक्ष भूषण सिँह, प्रेस युनियनका केन्द्रीय सदस्य मिथलेश यादव,शाखा सप्तरी सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीन गुप्ता, समाजसेवी हितनारायण लाल दास, संचारकर्मि चन्दन यादब, बिन्दु यादव, प्रियासिँह थारू, कृष्णा मण्डल, परिष कर्ण, रक्त संचार केन्द्र नवीन झा, शैलेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया