`

कांग्रेसले बाँकी मन्त्री छान्न बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

Nepal One HD १८ चैत २०७९ १५:५२
राजनीति

काठमाडौँ – नेपाली कांग्रेसले सरकारमा सहभागी हुने बाँकी मन्त्री छान्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना प्रकाशित गरी आइतबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन ।

उनको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९ गते आइतबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’


प्रतिक्रिया