`

फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’

Nepal One HD १८ चैत २०७९ १९:०५
समाचार

काठमाडौँ । फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शुक्रबार रिपोर्टसर्् क्लब नेपालको २५ औँ वार्षिकोत्सव कार्यक्रममा पत्रकार वन्तलाई फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

सगरमाथा आरोही स्व. बाबुछीरी सेर्पाको सम्झनामा क्लवले स्थापना गरेको उक्त पुरस्कार पत्रकार पन्तलाई प्रदान गरिएको हो । कार्यक्रममा वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले पुरस्कारको राशी रू ५ हजार प्रदान गरेका थिए।

पुरस्कृत भएका वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका छन् । जनदिशा दैनिकबाट २०६४ सालमा फोटो पत्रकारिता गरेका थिए । उनी राष्ट्रिय फोटोपत्रकार समूह एनएफपिजे नेपालका अध्यक्ष पनि हुन् ।

उनले फोटो पत्रकारिता तथा फोटोग्राफी तालिका प्रशिक्षकको रुपमा पनि काम गरी रहेका छन । राष्ट्रिय समाचार समितिको वरिष्ठ फोटो पत्रकार र हाल प्रधानमन्त्रीको स्वकीय फोटोग्राफरका रूपमा कार्यरत पनि रहेका छन् ।


प्रतिक्रिया