रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीकाे कारबाही फुकुवा

राजनीति

काठमाडौँ – नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा २०७९ भन्दा पहिले नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयाे ।
तनहुँका पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा पर्नभुएकाे थियाे । मंसिर ४ गतेको निर्वाचनमा तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए । चितवनका कोइराला पूर्वजिल्ला सभापति हुनुहुन्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट