`

कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो

Nepal One HD १९ चैत २०७९ १४:१६
राजनीति

काठमाडौं – पछिल्लो समय देशमा कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि यसको नियन्त्रणको तयारीबारे सांसदहरुले चासो राखेका छन् । 

छिमेकी देशसहित नेपालमै कोरोना संक्रमण बढ्न थालेपछि प्रतिनिधिसभा सदस्यले कोरोनाभाइरस संक्रमण नियन्त्रणको तयारीबारे चासो राखेका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कोरोनाभाइरस संक्रमणको अवस्थाबारे जानकारी मागेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणको तयारीबारे जानकारी मागेका उनले नयाँ भेरियन्टको संक्रमण बढेकोले रोकथामका लागि सरकारको कार्यनीति के छ ? भनेर प्रश्न पनि गरेका छन् । 
 


प्रतिक्रिया