राप्रपाले उपनिर्वाचनका लागि उम्मेदवा टुङ्ग्यायो

राजनीति

काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवार चयन गरेको छ ।
आइतबार राप्रपाले उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको हो ।
राप्रपा संसदीय समितिको निर्णयअनुसार तनहुँ १ मा शोभा गुरुङ, बारा २ मा सोनेलाल शाह र चितवन २ मा जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उपनिर्वाचनका लागि मुख्य दलहरूले उम्मेदवार ढुंगो लगाइसकेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट