`

माओवादी घटकले चैत २७ गते अन्तर्क्रिया गर्ने

Nepal One HD २१ चैत २०७९ १५:०९
राजनीति

काठमाडौं – माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने भएका छन् । 

शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन्।

यसअघि सो विचार धारा बोकेकाहरुले प्रज्ञा भवनमै संयुक्त पत्रकार सम्मेलन गरेका थिए । आगामी चैत्र २७ गते हुने अन्तरक्रियामा भने द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखिने माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयाे । 

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रममा सो विचार धारा बोक्ने दलका शीर्ष नेताहरुको उपस्थिति हुने जनाईएको छ ।


प्रतिक्रिया