`

रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ सकियो

Nepal One HD २२ चैत २०७९ १६:१०
राजनीति

काठमाडौँ – रवि लामिछानेकाे राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटकाे सुनुवाइ सकिएकाे छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा  पेशी तोकिएको मुद्दाकाे सुनुवाइ सकिएकाले आजै आदेश आउने तयारी छ ।

सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका छन् ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको मुद्दाको पेशी उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो ।

सोमबार युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।


प्रतिक्रिया