मुगुमा प्रहरी जवान रानिवन जंगलमा मृत फेला
समाचार
काठमाडौं, २२ चैत – मुगुमा एक प्रहरी जवान मृत फेला परेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका-९ का २६ वर्षीय प्रहरी जवान अनिल बुढाको शव बुधबार दिउँसो अन्दाजी २:४५ बजेतिर फेला परेको प्रहरीको भनाइ छ ।
छाँयानाथ रारा नगरपालिका-१ स्थित रानिवन जंगलमा सल्लाको रुखमा पासो लगाएको अवस्थामा उनको शव फेला परेको हो । उनले आफै ज्यान फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
उनी नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत, हाल नेपालगञ्ज, कोहलपुर बाँके दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मुगुमा काजमा खटिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
