`

यस्ता छन् मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय

Nepal One HD १५ असार २०८० १७:५७
प्रमुख खबर

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन् ।

त्यस्तै सरकारले संयुक्त राष्ट्रसंघको इकोनोमिक एन्ड सोसल काउन्सिलको आयोजनामा न्यूयोर्कमा हुने हाइ लेभलको पोल्टिकल फोरम एन्ड सस्टेनेबल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ नेतृत्व गठन गरेको छ ।

यही असार २४ देखि २५ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने फोरम एण्ड ग्लोवल एक्सन से डेभलपमेन्टमा सहभागी हुन योजना आयोगका उपाध्यक्ष श्रेष्ठलाई स्वीकृत दिने, रास्कोट नगरपालिका नडा नम्बर ६ कालिकोट, नरहरिनाथ गाउँपालिका वडा नम्बर २ कालिकोट, राप्ती सुन्दरी गाउँपालिका वडा नम्बर ४ बाँके, रम्बा गाउँपालिका वडा नम्बर ३ पाल्पा, सितगंगा नगरपालिका वडा नम्बर १३ अर्घखाँची, जगरनाथपुर पाउँपालिका वडा नम्बर ५ पर्सा र महागढीमाई नगरपालिका वडा नम्बर ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने, २०८० साल साउन ८ देखि १० गतेसम्म संयुक्त अबर इमिरेष्ट अबुधावीमा हुने अन्तर्राष्ट्रिय सौर्य संगठन आइएसए क्षेत्री समितिको पाँचौं बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ ।

सरकारले रुपन्देही जिल्ला साविक खुदाबगार गाविसको ०१६१० विगा सरकारी जग्गा सुधाबागर आदर्श कलेजलाई भाडामा दिन स्वीकृत दिने, सिराहा जिल्ला साविकको लभकुली गाविसको १ बिघा १० कट्ठा जग्गा कर्जना नगरपालिकालाई १५ शय्याको अस्पताल निर्माण गरी सञ्चालन गर्न स्वीकृत दिने, ललितपुर जिल्ला साविक झर्राराशी गाविसको ९ हजार ५०० रोपनी सरकारी जग्गामध्ये ४ हजार १३३ रोपनी सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माण गर्न स्वीकृत दिने निर्णय गरेको पनि गरेको प्रवक्ता शर्माले बताइन् ।

मन्त्री शर्माले सरकारले सार्वजनिक सडकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणापत्रअनुसार कानुन तर्जुमा गर्न स्वीकृति दिने, अजरबैजानको बाकोमा असार २० र २१ मा आयोजना हुने असंग्लन राष्ट्रहरुको मन्त्रीस्तरीय बैठक र असार १८ र १९ मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको नेतृत्व गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने, जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ क बमोजिम गुर्वाकोट नगरपालिका सुर्खेत, मंगला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका संखुवासभा, गुजरा नगरपालिका रौतहट, मुसीकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने, २०८० असार २० देखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसाममा आयोजना हुने २०२३ ग्लोबल मिटिङमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको पनि बताए ।

मन्त्री शर्माले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको पनि बताइन् ।


प्रतिक्रिया