`

कोशी प्रदेश : नयाँ सरकार गठनका लागि आज आह्वान हुने

Nepal One HD १७ असार २०८० ११:४५
प्रमुख खबर

विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखले आह्वान गर्ने तयारी गर्नुभएको छ । 

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आव्हान गर्ने तयारी गर्नुभएको हो । यसका लागि प्रदेश प्रमुखले परामर्श समेत थाल्नुभएको छ ।   

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठनका लागि आव्हान गर्ने भन्ने विषयमा छलफल थाल्नुभएको हो ।  

संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको हिक्मत कार्की नेतृत्वको सरकार ढलेसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने नेकपा एमालेले बताउँदै आएको छ । 

तर विपक्षी गठबन्धन दलहरूले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठन हुनुपर्ने बताउँदै आएका छन् ।  


प्रतिक्रिया