`

प्रितम सिंहबारे भनिएको कुरा उचालेर अहिले बबण्डर गर्न खोजियो : प्रधानमन्त्री प्रचण्ड

Nepal One HD २० असार २०८० १५:१४
प्रमुख खबर

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफुले बोलेको कुरालाई विक्षिप्त भएका विपक्षीले बबण्डर गर्न खोजेको बताउनुभएको छ ।

बुधबार काठमाडौंको किर्तिपुरमा अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको तेश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको पुस्तकमा रहेका बिषयमा आफुले अभिव्यक्ति दिएपनि विपक्षीले बबण्डर गर्न खोजेको बताउनुभएको हो । उहाले केहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सिंहले पुस्तकमा लेखिएको बिषयलाई आफुले जस्ताको तस्तै राखेको भएपनि त्यसलाई अतिरञ्जीत गर्न खोजिएको र त्यसले आफुलाई कुनै फरक नपर्ने जिकिर गर्नुभयो । उहाले अनावश्यक बबण्डरको बेलुन सछटै फुट्ने जिकिर गर्नुभयो । सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारको कामदेखेर विपक्षीहरु तर्सिएको धारणा राख्नुभयो ।

उहाले माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्न लागेको र बृहत एकतासहित अगाडि बढ्ने तयारी भइरहेको उल्लेख गर्नुभयो । माओवादीलाई घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी रहेकाले २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम दिनुपर्ने उहाले बताउनुभयो ।

उहाले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुने भन्दै सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरुलाई जनताले ठिक पार्ने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया