`

एमाले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

Nepal One HD २० असार २०८० १६:२७
प्रमुख खबर

काठमाडौं / प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार काठमाडौंमा पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिले देशको शिर निहुराएको भन्दै एमालेले राजीनामा माग गरेको हो ।

बुधबार नयाँ वानेश्वरमस्थित प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा हालै दिएको भनिएको अभिव्यक्ति विवादास्पद भएको बताए ।

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनले बताए ।


प्रतिक्रिया