`

सुन तस्करीको बिषयमा बोलेकै कारण पक्राउ परे कांग्रेसका सांसद सुनिल शर्मा

Nepal One HD २५ साउन २०८० १६:२७
प्रमुख खबर

काठमाडौं – नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई सिआईबीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो साढे ३ बजे आफ्नै निवासबाटै शर्मालाई पक्राउ गरेर लगेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । केही दिनदेखि सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद शर्मालाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा पक्राउ गरिएको बुझिएको छ ।

शर्माले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठको संलग्नता रहेको आरोप लगाएका थिए । उनले संसद् र संसदीय समिति बैठकमै गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महत एक क्विन्टल सुन तस्करीमा संलग्न रहेको आरोप लगाएका थिए ।


प्रतिक्रिया