`

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप १ जना पक्राउ

Nepal One HD २६ साउन २०८० १३:३४
प्रमुख खबर

काठमाडौं / नक्कली प्रमाण पत्रका आधारमा चिकित्सक बनेको आरोपमा थप १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर सिटी हस्पिटलकी डा. पुनम थापा रहेकि छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । उनी गोठाटारबाट पक्राउ परेकी हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ ।

यसअघि सांसद डा.सुनील शर्मासहित ७ जनालाई पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया