`

सुन तस्करी प्रकरण : राकेशकुमार अडुकियाका छोरा रोहन विमानस्थलबाट पक्राउ

Nepal One HD २६ साउन २०८० १५:१७
प्रमुख खबर

काठमाडौं / सुन तस्करी प्रकरणमा फरार रहेका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।

अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (शुक्रबार) पक्राउ परेका हुन् ।

भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरिएको विमानस्थल प्रहरी स्रोतले जानकारी दियो ।

उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् । 


प्रतिक्रिया