सुन तस्करी प्रकरण : रोहन अडुकिया हिरासतबाट २१ घण्टापछि छुटे

प्रमुख खबर

काठमाडौं / एक क्विन्टल सुन प्रकरणमा शुक्रबार पक्राउ परेका रोहन अडुकिया २१ घण्टा पछि हिरासतबाट छुटेका छन्।
भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार दिउँसो १ बजे पक्राउ गरेको थियो।
अडुकिया अध्यागमनको हिरासतबाट आज शनिबार १० बजे छुटेका हुन्। एक ‘क्विन्टल सुन’ प्रकरणमा नाम जोडिएको भन्दै अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो ।
रोहनमाथि कुनै कसुर नदेखिएपछि उनलाई छोडिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट