`

१९ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

Nepal One HD २९ मंसिर २०८० २०:३५
प्रमुख खबर

काठमाडौँ । गृह मन्त्रालयले १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मन्त्रालयले शुक्रबार १९ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ जना अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।

जसअनुसार मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहसचिव जयनारायण आचार्यलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालालई गृह मन्त्रालयमा तानिएको छ ।


प्रतिक्रिया