`

काङ्ग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्नुपर्ने अवस्था आएको छः सभापति देउवा

Nepal One HD ७ पुष २०८० १४:०६
प्रमुख खबर

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक र समावेशी व्यवस्थाका कारण सबैजसो क्षेत्र र वर्गका नेपालीको प्रतिनिधित्व हुन सकेको बताएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश पहिलो सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले शनिबार यस्तो बताएका हुन् । उनले भने, ‘हामी सबैले मिलेर, खासगरी काङ्ग्रेसले नेतृत्वदारी भूमिकामा बसेर समावेशी समानुपातिक व्यवस्था, लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्था नेपालमा स्थापित गरेका छौं । यो अत्यन्तै महत्वपूर्ण कुरा हो ।’

समानुपातिक समावेशी व्यवस्थाकै कारणले गर्दा आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने अवस्था आएको उनले बताए ।

‘यो सबैको समावशितामा आधारित व्यवस्था हो’ देउवाले भने, ‘त्यसैकारण यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना रहँदैन ।’
पार्टीलाई सुदृढीकरण गर्दै तल्लो तहदेखि नै पूर्ण रुपमा प्रतिबद्ध गराएर पार्टीलाई अझ बलियो बनाउनका लागि सबैले सक्रिय रुपमा लाग्नुपर्नेमा उनले जोड दिए ।

‘हामीबीच मेलमिलाप हुन्छ, प्रतिस्पर्धा हुन्छ, जितहार हुन्छ तर हार्नेले जित्नेलाई र जित्नेले हार्नेलाई सहयोग गर्ने हो भने मेलमिलापको सम्बन्ध राम्रो हुँदै जान्छ’ देउवाले भने ।


प्रतिक्रिया