`

काम गर्न नसके मैले पनि पद ओगटिरहनु जरुरी छैनः प्रधानमन्त्री

Nepal One HD १० पुष २०८० १८:१२
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाममुखी काम गर्न नसके कसैलाई पदमा बस्ने छुट नभएको बताएका छन् । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रील देशमा सकारात्मक आशा जगाउन नसके आफू पनि पद ओगटेर नबस्ने बताएका हुन् ।

प्रधामन्त्रीले मन्त्रीहरूले पनि कार्यक्षमता प्रमाणित गर्न नसके पद छाड्नुपर्ने बताए । उनले भने, ’मन्त्रीहरूलाई भन्न चाहन्छु हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्ने अवस्था र मनस्थितिमा छैन। हामी सबैले आ–आफ्नो भूमिका न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं। कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि ठाउँ ओगटिरहनु हुँदैन छाडदिनुपर्छ। यो मैले अरुलाई उपदेश दिएको मात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक आशा जगाउन नसके मैले पनि पद ओगटिरहने जरुरी छैन ।’


प्रतिक्रिया