`

अध्यादेश ल्याएर भएपनि प्रदेशलाई अधिकार दिन प्रधानमन्त्रीलाई समाजवादी मोर्चाको सुझाव

Nepal One HD ११ पुष २०८० ११:५३
प्रमुख खबर

काठमाडौं । समाजवादी मोर्चाले संघीयता कार्यान्वयनका लागि कानुन निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले प्रेदशहरु अधिकारबिहीन हुँदै गएकाले अध्यादेश ल्याएर पनि कानुन निर्माण गर्नुपर्ने बताएको हो ।

जनता समाजवादीका नेता नेता राजेन्द्रप्रसाद श्रेष्ठले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नुपर्नेमा बैठकले जोड दिएको जानकारी दिए ।

उनले भने, ‘प्रदेश हालसम्म संघीयता र गणतन्त्रबाट जे जति उपलब्धि हासिल भएको छ, त्यसलाई संरक्षण गर्दै थप उपलब्धि प्राप्तिको लागि जानुपर्छ। अधिकारबिहीन प्रदेश भएकाले प्रदेश बोझ हो कि भन्ने सन्देश गयो। अब संविधान अनुसार प्रदेशलाई अधिकार दिन अध्यादेश ल्याएर भएपनि सरकार अगाडि बढ्नुपर्छ भनेर प्रधानमन्त्रीलाई सुझाव दियौं।’

मोर्चाले सरकारले भ्रष्टाचारको विरोधमा अभियान चलाएर इतिहासमै धेरै काम गरेको ठहर गर्दै सरकारलाई धन्यवाद दिएको छ बैठकले सात प्रदेशमा भएका कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै जिल्लाहरुमा पनि मोर्चाको संगठनको विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।


प्रतिक्रिया