सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

अर्थ समाचार

काठमाडौँ / नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ले वृद्धि भई प्रतितोला रु १ लाख २६ हजार कायम भएको छ ।
यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार ले वृद्धि भई प्रतितोला रु १ लाख २५ हजार ४०० मा कारोबार भइरहेको छ । चाँदी भने रु ५ ले वृद्धि भई प्रतितोला रु एक हजार ४७५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट