`

नेप्सेमा दोहोरो अंकको बृद्धि

Nepal One HD २७ फागुन २०८० १५:४६
अर्थ समाचार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से २२.१० अंक बढेको छ । आइतबार नेप्से १.०८ प्रतिशतले वृद्धि भएर २०५२.६५ विन्दुमा बन्द भएको छ । आज २ अर्ब ९२ करोड २७ लाख रुपैयाँको धितोपत्र खरिद–बिक्री भएको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । बढेको बजारमा चिर्खुवा हाइड्रोपावरको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ । सर्वाधिक रकमको सेयर खरिद–बिक्री शिवम् सिमेन्ट लिमिटेडको भएको छ ।

यो कम्पनीको २२ करोड ९३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये हाइड्रोपावर समूहको ०.११ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा फाइक्रोफाइनान्स समूह छ । यो समूहको परिसूचक ४.२१ प्रतिशतले वृद्धि भएको छ ।


प्रतिक्रिया