`

विदेशी मुद्रा सञ्चिति १८ खर्ब ४४ अर्ब

Nepal One HD २७ फागुन २०८० १५:५८
अर्थ समाचार

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा आठ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार माघ महिनासम्ममा रेमिट्यान्स आय २१.६ प्रतिशतले बढेर आठ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले बढेर ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

त्यस्तै नेपालमा विदेशी मुद्रा सञ्चिति बढेको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको हो । गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको हो ।

आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

https://drive.google.com/file/d/1gT4cqmCqdP9_QVd9i68-m4SoPt7JfnQr/preview

प्रतिक्रिया