सुनको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार

अर्थ समाचार

काठमाडौँ / नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो ।
यसैगरी, तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २४ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार पनि बिहीबारको झैँ चाँदी प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट