`

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Nepal One HD २ चैत २०८० २१:०९
अर्थ समाचार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ । निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको हो ।


प्रतिक्रिया