`

सभामुख घिमिरे दस सदस्यीय प्रतिनिधिमण्डलसहित स्वदेश फिर्ता

Nepal One HD १६ चैत २०८० १३:०१
राजनीति

काठमाडौँँ / अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को एक सय ४८ औँ महासभामा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्केका छन् । सभामुख घिमिरे दस सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार स्वदेश फिर्ता भएका हुन् ।

उनी चैत १० देखि १४ गतेसम्म जेनेभामा सञ्चालन भएको महासभामा सहभागी भएका थिए । महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति : शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्का तर्फबाट सम्बोधन गरेका थिए । सो क्रममा विश्वमा देखापरेका भौगोलीक, क्षेत्रीय तनावका साथै शान्तिमा देखिएका चूनौतिहरु लगाएत जलवायु परिवर्तनको समस्या समाधान गर्न कुटनीतिक ढंगले प्रभावकारी पार्ने बिषयमा छलफल भएको सभामुख घिमिरेले बताए । त्यस्तै उनले संसदीय गतिविधिहरुलाई क्यालेन्डर बनाएर प्रभावकारी बनाउने बताए ।

महासभामा सभामुख घिमिरेसहित बिभिन्न दलका सांसदहरु संसद सचिवालयमा महासचिव लगाएत सहभागी भएका थिए ।


प्रतिक्रिया