`

जनतामा आशा जगाउने गरि आगामी आर्थिक बर्षको बजेट ल्याउनेछौं : अर्थमन्त्री पुन

Nepal One HD २७ वैशाख २०८१ १३:४१
अर्थ समाचार

काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले जनतामा आशा जगाउने गरि आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री पुनले निजि क्षेत्रको मनोबल बढाउने र जनतामा पनि आशा जगाउने गरि बजेट ल्याउने तयारी भइरहेको बताएका हुन् ।

बजेटलाई परिणाममूखी बनाउनका लाथि प्राय सवै क्षेत्रसंग छलफल गरिरहेको उनले बताए । उनले गतबर्षभन्दा मुलुकको अर्थतन्त्र केहि राम्रो भएपछि थप राम्रो बनाउनका लागि आशावादी ढंगले नै बजेट निर्माण भइरहेको धारणा राखे । अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोवल घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिने र सम्पत्ति र व्यवसायको सुरक्षालाई सरकारबाट विश्वास दिलाउन प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । उनले सरकारको नीतिबाट बाहिर राष्ट्र बैंक नहुने भन्दै नीति तथा कार्यक्रम , बजेट र मौद्रीक नीतिमा एकरुपता ल्याउने बताए ।

उनले विद्युतिय सवारी साधानमा कर बढाउन दवाव आइरहेको र इभिका कारण ४० अर्व गुमेपनि यसबारे अध्ययन गरेर देशका हितमा आवश्यक निर्णय गर्ने जानकारी दिए । उनले केहि क्षेत्रमा रिफर्मको माग पनि आएको भन्दै केहि क्षेत्रलाई भने बजेटले बिशेष प्राथमिकता दिने संकेत गरे। मन्त्री पुनले आर्थिक गतिविधिलाई चलायमान गर्न नै सरकारको ध्यान केन्द्रीत रहेको बताए ।


प्रतिक्रिया