`

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

Nepal One HD १६ पुष २०८१ ११:२८
अर्थ समाचार

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा मंगलबार सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ ।

मंगलबार सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेर एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट भएको छ ।

आज प्रतितोला चाँदी एक हजार सात सय ६५ मा कारोबार भएको छ । सोही परिमाणको चाँदी सोमबार एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।


प्रतिक्रिया