आमाबुबा बने सिद्धार्थ र कियारा

बलिउड / हलिउड

मुम्बई । कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा आमाबुबा बनेका छन्। कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।
कियारालाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको सामान्य डेलिभरी भएको थियो। कियारा र बच्चा दुवै स्वस्थ छन्। एनडीटीभीको रिपोर्ट अनुसार, अघि कियाराको डेलिभरी अगस्टमा हुने बताइएको थियो।
सिद्धार्थ र कियाराले बुधबार यसबारे आधिकारिक घोषणा गर्दै एक पोस्टमा लेखे, ‘हाम्रो मन भरिएको छ र हाम्रो संसार सधैँको लागि परिवर्तन भएको छ। हामीले छोरीको आशीर्वाद पाएका छौँ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट