मधेस प्रदेशको खडेरीमा सरकारले ठोस कदम नचालेको भन्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)


काठमाडौँ । तराइको खडेरीमा नेपाल सरकारले केही ठोस कदम नचालेको भन्दै मधेस कृषि–जल आन्दोलन सङ्घर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको छ ।
‘तराई–मधेसको अस्तित्व र अस्मिताका लागि सङ्घर्ष’ भन्ने नारा सहित समितिले साङ्केतिक रूपमा धानको गाँज, हलो, उखु लगायतका सामाग्री बोकेर प्रदर्शन गरेको हो ।
‘नेपाल सरकारले लामो समयदेखि तराई मधेसप्रति उपेक्षा, शोषण र बेवास्ताको नीति अपनाउँदै आएको यथार्थ आज फेरि पनि देखिएको छ। चुरे विनाश, अवैज्ञानिक उत्खनन, बन अतिक्रमण, सिँचाइको अभाव र वातावरणीय असन्तुलनले गर्दा आज तराई मधेस मरुभूमितिर अघि बढ्दैछ। भूमिगत पानीको सतह घटेको छ, कृषियोग्य जमिन बाँझिएको छ, जनता प्यासले तड्पिरहेका छन् र सरकार मौन छ। यो अवस्था स्वीकार्य छैन। मधेस अब चुप छैन’ समितिले जारी गरेको अपिलमा उल्लेख छ ।
समितिले राखेका ७ बुँदे माग सहितको विज्ञप्ती :-