नाडा अटो शोमा पुगिन् फुटबलर साम्बा (फोटो फिचर)

फिचर

काठमाडौँ। नाडा अटो शोमा नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बा पुगेकी छन् ।
काठमाडौँको भृकुटीमण्डप परिसरमा आज देखी सुरु भएको १७औँ संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
उक्त प्रदर्शनीमा राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी ‘साम्बा’ पनि पुगेकी छन् । उनले विभिन्न २ पाङ्ग्रे सवारीको अनावरण गरेकी हुन् ।
यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदै छ ।
प्रदर्शनमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन रहनेछन् । प्रदर्शनी आजदेखि भदौ ८ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट