`

रास्वपापछि राप्रपाले पनि प्राइमरी इलेक्सनबाट रुपन्देही ३ को उम्मेदवार छान्ने

Nepal One HD १७ भदौ २०८२ २१:२८
राजनीति

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि आन्तरिक निर्वाचन (प्राइमरी इलेक्सन) को माध्यमबाट रुपन्देही ३ मा उम्मेदवार छनोट गर्ने भएको छ ।

रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भएर आएका आकांक्षीहरुबीच प्रारम्भिक निर्वाचन गराइने भएको हो ।

आज बसेको राप्रपा संसदीय समितिको बैठकले यस्तो निर्णय लिएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

पार्टी अध्यक्ष एवं संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नवीन कार्ययोजनाको मोडलअनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको हो ।

प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार छनोट गर्ने प्रकृया रास्वपाले सुरु गरेको हो । आगामी कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिवार्चनका लागि उम्मेदवार छनोट गर्न रास्वपाले शुक्रबार मात्रै प्राइमरी इलेक्सन को माध्यमबाट डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरिसेको छ ।

रास्वपाको उक्त कायलाई लिएर अन्य राजनीतिक दलपनि प्रभावित भएका छन्  रास्वापको यो नविनतम अभ्यासको कांग्रेसका महामन्त्ती गगन कुमार थापाले समेत प्रशंसा गरेका थिए,भने सोही अभ्यासको सुरुवात अब राप्रपाले पनि लागु गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *