`

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

Nepal One HD २३ भदौ २०८२ १९:५२
प्रमुख खबर

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरदेखि जारी रहेको हो । आज बसेको यो मन्त्रिपरिषद् बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।

यद्यपि, सोमबार काठमाडौंमा भएको जेनजीहरूको प्रदर्शनपछि बस्न लागेको यो बैठकलाई चासोका साथ हेरिएको छ । जेनजी आन्दोलनमा २० जनाको ज्यान गएपछि त्यसबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिला गरी केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद् बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे सहभागी छैनन् । उनीहरू अहिले सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ बसिरहेको कांग्रेस पदाधिकारी बैठकमा सहभागी छन् । बैठकमा जेनजीले उठाएका विषयबारे छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *