महासचिव भुसालद्वारा मृतकप्रति श्रद्धाञ्जली प्रकट

प्रमुख खबर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जेनजी पुस्ताको आन्दोलनका क्रममा मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।
पार्टी महासचिव भुसालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले शान्तिपूर्ण तरिकाले समस्या समाधान नगरी हिंसात्मक दमनतर्फ उत्रिएको आरोप लगाउनुभयो ।
महासचिव भुसालले उनीहरूका जायज माग सम्बोधन गर्न र उनीहरूमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न माग गर्नुभएको छ । उहाँले आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरुपयोग नगर्न आन्दोलनरत युवालाई आग्रह पनि गर्नुभएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया