`

सिरहामा प्रहरी कार्यालयमा आगजनी

Nepal One HD २४ भदौ २०८२ १४:०१
प्रमुख खबर

सिरहा । सिरहाको इलाका प्रहरी कार्यालय गोलबजारमा आगजानी र तोडफोड गरिएको छ । देशभर प्रदर्शन गरिरहेका युवाले लगाएको आगजानीबाट भवन पूर्णरुपमा जलेको छ ।

यसअघि एमालेका सांसद लिलानाथ श्रेष्ठ र गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको घरमा आगजनी र तोडफोड गरिएको थियो ।
प्रदर्शनकारीहरुले लहान नगरपालिकाको भवनमा आगजनी गरेका छन् भने लहानको इलाका प्रशासन, मालपोत, नापी कार्यालयमा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिनको लागि प्रहरीले २० राउण्ड हवाइ फायर समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *