‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेले निकाल्यो र्याली
काठमाडौं । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ । फोर्स घोषणाअघि एमाले निकट युवाहरू अहिले मार्चपासका लागि बानेश्वर क्षेत्र पुगेका छन् । उनीहरू माइतीघर मण्डलामा भेला हुने तयारी गरेको भए पनि त्यहाँ जेनजी घाइतेहरूले अवरोध पुर्याउने योजनासहित धर्नामा बसेपछि बबरमहलमा भेला भइ युवाहरू बानेश्वरतर्फ अघि बढेका हुन् । मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले ¥यालीको नेतृत्व गरेका छन् । बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने छन् ।
सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओलीलगायत नेताका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेको जिकिर छ । समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३–२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेले जनाएको छ । फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्य रहेको एमालेले बताएको छ ।
