एमाले नेता महेश बस्नेत चढेको गाडीमा जेनजीको ‘आक्रमण’
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत चढेको गाडीमा जेनजी युवाहरूले रातो रङ छ्यापेका छन् । युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले बस्नेत सवार गाडी रोकी रातो रङ छ्यापेर ‘आक्रमण’ गरेका हुन् । बस्नेतले विराटनगरबाट सुनसरी जाने क्रममा दुई जना युवाहरूले आफूहरू चढेको गाडीमा बेलुनमा रङ भरेर छ्यापेको जनाएका छन् ।
उनीहरूले बस्नेतविरुद्व नाराबाजी गरेका थिए । उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले बताइन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानका लागि बस्नेत काठमाडौंबाट बिहान आएका हुन् । बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागि सकेका छन् । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे लेखेकी छन् । ‘महेश बस्नेत विराटनगर जाँदै गर्दा एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याकेका छन् । युवाको बुझाइ स्पष्ट छ सहिदलाई ‘आतंककारी’ मान्ने को हातमा नै रगत छ’, राउतले लेखेकी छन्, ‘राज्यले यस्तो भड्किलो अभिव्यक्ति रोक्न सकेन, न्याय दिन सकेन, जिम्मेवारी लिन सकेन भने त्यो नै आजको आक्रोश को मूल कारण बन्नेछ ।’ सरकारले गर्न सकेन भनेर युवाले सडक तताउने दिन कम्तीमा नागरिक सरकार भएको बेला आउन नहुने उनले बताइन् । केही दिनअघि बस्नेत सिमरा जान खोज्दा समेत अवरोध भएको थियो ।
