`

रहेनन् बलिउड अभिनेता धर्मेन्द्र

Nepal One HD ८ मंसिर २०८२ १४:५४
प्रमुख खबर

काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।

उनले लेखेका छन्, ‘धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ । एउटा विशाल मेगास्टार, मुख्य धारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनु हुनेछ ।’ यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायतका आर्यघाट पुगेका छन् । यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो । यसअघि नै धमेन्द्रको निधनको झुठो खबर फैलिएको थियो । जसप्रति परिवारजनले आपत्ति जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *