`

रहेनन् बलिउड अभिनेता धर्मेन्द्र

काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।

उनले लेखेका छन्, ‘धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ । एउटा विशाल मेगास्टार, मुख्य धारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनु हुनेछ ।’ यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायतका आर्यघाट पुगेका छन् । यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो । यसअघि नै धमेन्द्रको निधनको झुठो खबर फैलिएको थियो । जसप्रति परिवारजनले आपत्ति जनाएका थिए ।

धर्मेन्द्रबारेको समाचारप्रति परिवारको खण्डन, पत्नी हेमाको आपत्ति

काठमाडौं । बलिउड अभिनेत्री तथा भाजपा सांसद हेमा मालिनीले आफ्ना पति तथा अभिनेता धर्मेन्द्रबारे सञ्चारमाध्यमले गलत समाचार दिएको भन्दै आपत्ति जनाएकी छन् । केही भारतीय सञ्चारमाध्यमले उनी नरहेको दाबी गर्दै समाचार लेखेपछि हेमाले सामाजिक सञ्जालमा पोस्ट गर्दै खबर झुटो भएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले खण्डन गरेसँगै भारतीय सञ्चारमाध्यमले त्यो समाचार हटाएर उनको प्रतिक्रिया राखेका छन् । हेमा मालिनीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जे भइरहेको छ त्यो अक्षम्य छ ! जिम्मेवार च्यानलहरूले उपचारको प्रभाव परिरहेको र निको भइरहेका व्यक्तिका विषयमा कसरी गलत समाचार फैलाउन सक्छन् ?’ उनले अगाडि लेखेकी छन्, ‘यो अत्यन्तै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण छ । कृपया परिवार र उनीहरूको गोपनीयताको सम्मान गर्नुहोस् ।’

बलिउड अभिनेता धमेन्द्रको मृत्यु भएको खबरलाई उनको परिवारले खण्डन गरेको हो । धमेन्द्रकी पत्नी हेमामालिनीले आफ्नो श्रीमानको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको दाबी गरेकी छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहलगायत थुप्रै हस्तिहरूले सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली दिएका छन् । तर, परिवारका सदस्यहरूले भने ठाडै अस्वीकार गरेका छन् ।