`

आन्दोलनमा उत्रिए इपीएस पीडितहरु (तस्वीरहरु)

Nepal One HD १६ पुष २०८२ १२:५८
प्रमुख खबर

काठमाडौं । रोजगारीका लागि कोरिया जान भाषा पास गरेर बसेका युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन् । १० हजार बढी रोष्टरमा रहेका युवाहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै युवाहरुले ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले विभिन्न ९ बुँदे माग राखेका छन् ।

२०२२ देखि इपीएस प्रणालीमा अत्याधिक विद्यार्थी भाषा परीक्षा पास गराउने रणनीतिका कारण रोस्टरमा चाप वृद्धि भएको र कोरियालाई चाहिने आवश्यकता भन्दा तीन गुणा पास गराएर ३ तिहाईको एक तिहाई कोरिया लाने प्रवृतिका कारण रोस्टरमा पासरहरु अलपत्र पारेको उनीहरुले आरोप लगाएका छन् । सन् २०२२ देखि भाषा परीक्षा उतीर्ण भएदेखि २०२६ सम्म आइपुग्दा कोरिया नपुगेका संख्या १५ हजारको हारहारीमा छन् । तर यो समस्या इपीएस कार्यालय र एचआरडीले सिर्जना गरेको उनीहरुको आरोप छ । न्याय खोज्न उत्तीर्ण युवाहरुहरुले पटक–पटक ज्ञापनपत्र बुझाए पनि चासो नदेखाएपछि माग कार्यान्वयन गर्न आन्दोलनमा उत्रिन वाध्य भएको उनीहरुले बताएका छन् ।

सीवीटीको फाइल नयाँ कम्पनीमा नपठाउने र रोस्टर सकिदै गरेका कृषि र सीपको फाइल एकचोटी पनि कम्पनीमा नपुगी २ वर्षको रोस्टर अवधि समाप्त हुन लागेको र रोस्टर थप गर्नुपर्ने र सेक्टर परिर्तन गरेर भएपनि कोरिया लैजानुुपर्ने उनीहरुको मााग छ । पटक पटक भाषा परीक्षा गर्ने पास गराउने फर्म भर्न लगाउने तर कोरिया नलाने अवस्थाको कारण युवाहरुको भविस्य र सपना डामाडोल र अन्योल भएको मागहरु पुरा नहुन्जेल आन्दोलन निरन्तर रहने उनीहरुको भनाइ छ ।
तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *