`

ताप्लेजुङकाे विकास र समृद्धि क्षितिज थेबेकाे सर्वोच्च प्राथमिकतामा

Nepal One HD ८ माघ २०८२ १८:१४
निर्वाचन विषेश

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा एमालेका युवा नेता क्षितिज थेबेले जिल्लाको विकास र समृद्धिलाई आफ्नो जीवनको सर्वोच्च प्राथमिकता राख्‍ने बताएका छन् ।

उनले ताप्लेजुङवासीको सुख, खुशी र समृद्धि नै आफ्नो आत्मसन्तुष्टि हुने उल्लेख गर्दै जनताको हितका लागि निस्वार्थ रूपमा काम गर्ने दृढ सङ्‍कल्प सार्वजनिक गरेका हुन् । ‘ताप्लेजुङको विकास र समृद्धिका लागि मेरो प्राण हुनेछ, जिल्लावासीको सुख र खुसी नै मेरो आत्मसन्तुष्टि हुनेछ,’ उनले प्रतिबद्धता व्यक्त गरे ।

उम्मेदवार थेबे ताप्लेजुङको समग्र विकासका लागि पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्थानीय स्रोत-साधनको सदुपयोगलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।  ‘विकासका हरेक योजनामा जनताको आवश्यकता, सहभागिता र स्वामित्व सुनिश्‍चित गरिनेछ’, उनले भने ।

सालिन र जिम्म्वार युवा नेतृत्वका रूपमा परिचित उनले परिवर्तन, पारदर्शिता र उत्तरदायित्वसहितको राजनीतिक अभ्यास आवश्यक रहेको उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा सबै ताप्लेजुङवासीलाई साथ र सहयोगका लागि आह्वान गरे ।

एमालेले ताप्लेजुङमा स्थिरता, विकास र समृद्धिलाई केन्द्रमा राख्दै चुनावी अभियान अघि बढाएको जनाएको छ। उम्मेदवार थेबेको प्रतिबद्धतालाई जिल्लाको दीर्घकालीन विकाससँग जोडेर पार्टीले मतदातामाझ प्रस्तुत गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *