‘पहाड’को ‘मोहनी लगाउने’ गीत सार्वजनिक (भिडियो)
भिडियो
काठमाडौं। स्वर्गीय अभिनेता सुनिल थापाको अन्तिम फिल्म ‘पहाड’ को नयाँ गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ।
सार्वजनिक भएसँगै गीतले दर्शक तथा प्रशंसकमाझ भावनात्मक प्रतिक्रिया पाएको छ।
फिल्म ‘पहाड’ स्व. थापाको अन्तिम अभिनय रहेको चलचित्र भएकाले पनि यसको गीतप्रति दर्शकको विशेष चासो देखिएको छ।
हालै सार्वजनिक गरिएको ‘मोहनी लगाउने’ गीतमा प्रेम, आकर्षण र पहाडी जीवनशैलीको झल्को प्रस्तुत गरिएको छ। गीतको शब्द, संगीत र दृश्य संयोजनले नेपाली परिवेशलाई जीवन्त बनाएको देखिन्छ।
यो फिल्ममा सुनिल थापासँगै मदनकृष्ण श्रेष्ठ, विपिन कार्कीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
