`

विश्वकप २०२६को उद्घाटन तीन देशमा हुँदै

Nepal One HD २७ वैशाख २०८३ १२:३८
खेलकुद

एजेन्सी। फिफा विश्वकप २०२६ को उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्रमा हुने भएको छ। फिफाले शनिबार अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको उद्घाटन कार्यक्रमको लाइनअप सार्वजनिक गरेको हो।

विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकपको अवसरमा यस पटक तीन फरक देशमा विशेष सेलेब्रेशन हुने भएको छ। कार्यक्रममा विश्व चर्चित कलाकारहरू क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिने जनाइएको छ। यस विश्वकपमा फुटबलसँगै संगीत र मनोरञ्जनलाई पनि विशेष रूपमा जोडिनेछ।

जुन १२ मा अमेरिकाको लस एन्जलसमा उद्घाटन समारोह हुनेछ। यहाँ क्याटी पेरी, फ्युचर, अनिता, लिसा, रेमा र टाइला लगायतले प्रस्तुति दिनेछन्। कार्यक्रम करिब ९० मिनेटको हुनेछ।

मेक्सिकोमा जुन ११ मा हुने उद्घाटन समारोहमा अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसियन, जे बाल्भिन, लिला डाउन्स, लस एन्जलस अजुल्स, मान, टाइला लगायत कलाकारहरूले प्रस्तुति दिनेछन्।

त्यसैगरी क्यानडामा जुन १२ मा हुने उद्घाटन समारोहमा अलानिस मोरिसेट, एलिसिया कारा, एलिएना, जेसी रेयेज, माइकल बबल, नोरा फतेही, सानजोए, भेगेड्रिम र विलियम प्रिन्सले प्रस्तुति दिनेछन्।

जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकपमा विश्वका उत्कृष्ट ४८ देशले प्रतिस्पर्धा गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *