`

सगरमाथा आरोहण गर्ने क्रममा एकजनाको निधन

Nepal One HD २७ वैशाख २०८३ १३:२३
समाचार

 सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा लेक लागेर एक जना आरोहीको मृत्यु भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घिमिरे सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका बेला अचानक स्वास्थ्य अवस्था बिग्रिएर बिरामी परेका थिए ।

सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार आज बिहान करिब ४ बजे उनको अवस्था गम्भीर बनेपछि उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने प्रयास गरिएको थियो । तर बाटोमै उनको मृत्यु भएको हो ।

ट्रेक नेपालमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरबाट लुक्ला हेलिप्याड ल्याइएको छ । पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सगरमाथाको सफल आरोहण गरिसकेका घिमिरे पछिल्लो समय आरोही गाइडका रूपमा पनि कार्यरत रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *