`

श्रममन्त्रीका सवारी चालक मियाँले अपहरण गरी नग्न अवस्थामा कुटपिट गरेको भिडियो प्रमाण फेला

Nepal One HD २९ वैशाख २०८३ १४:०४
समाचार

काठमाडौं। प्रहरीले सप्तरीका २७ वर्षीय मुस्ककिम मियाँलाई अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ गरेको छ।

सप्तरी प्रहरीका अनुसार उनलाई सोमबार राजविराजबाट नियन्त्रणमा लिइएको हो। मियाँ सप्तरीको महादेव गाउँपालिका–३ का बासिन्दा हुन्।

प्रहरी अनुसन्धानअनुसार मियाँमाथि पीडितलाई अपहरण गरी नग्न अवस्थामा कुटपिट गरेको आरोप छ। घटनासम्बन्धी भिडियो प्रमाण समेत फेला परेको बताइएको छ। जसका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका मियाँ हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सवारी चालकका रूपमा कार्यरत रहेको खुलेको छ। तर अनुसन्धानका क्रममा उनले आफूलाई मन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको रूपमा समेत प्रस्तुत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

सप्तरीका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार मियाँमाथि थप अनुसन्धान भइरहेको छ। जिल्ला अदालतबाट उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति समेत प्राप्त भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *