बाँदर धपाउन गएकी महिला मकैबारीमा मृत फेला
ओखलढुङ्गा। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीमा बाँदर धपाउन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
मानेभञ्ज्याङ गाउँपालिका–१ गहते बस्ने ४४ वर्षीया चेतकुमारी थापा मगर बिहीबार आफ्नै मकैबारीमा मृत अवस्थामा फेला परेकी हुन् ।
स्थानीय ओम थापा मगरकी छोरी चेतकुमारी बिहीबार मध्यान्ह करिब १२ बजे मकैबारीमा बाँदर धपाउन गएकी थिइन् । लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो ।
खोजीका क्रममा उनकी आमाले बारीको भित्तामा कोल्टे परेको अवस्थामा चेतकुमारीलाई मृत फेला पारेकी प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी निसंखेबाट प्रहरी सहायक निरीक्षक विनोदकुमार खाँ थारुको कमाण्डमा दुई सदस्यीय टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थल सुरक्षित राख्नुका साथै थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक ईश्वर अधिकारीको नेतृत्वमा थप टोली खटाइएको जनाएको छ ।को कारण खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
