बिकिनीमा बनर्जी देखिएपछि…’इन्टरनेटमा लाग्यो आगो’
काठमाडौं। भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री नायरा बनर्जी एकपटक फेरि आफ्नो नयाँ फोटोसुटका कारण चर्चामा आएकी छन्।
अभिनयसँगै आकर्षक फेसन सेन्सका लागि परिचित नायराले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूले फ्यानहरूको ध्यान खिचेका छन्।
हालै सार्वजनिक भएका तस्बिरहरूमा नायरा समुद्री किनारमा बिदा मनाइरहेको देखिन्छिन्। हल्का र आकर्षक बीचवेयरमा देखिएकी उनले समुद्रको छालबीच विभिन्न पोज दिएकी छन्। विशेषगरी भिजेको कपालसहितको उनको शैली र आत्मविश्वासी प्रस्तुति सामाजिक सञ्जालमा धेरैले रुचाएका छन्।
तस्बिर सार्वजनिक भएसँगै उनका समर्थकहरूले विभिन्न प्रतिक्रिया जनाएका छन्। धेरैले उनको नयाँ लुकको प्रशंसा गर्दै कमेन्ट गरेका छन् भने केहीले उनलाई ‘ग्ल्यामरस’ र ‘स्टाइल आइकन’को संज्ञा दिएका छन्।
नायरा बनर्जी सामाजिक सञ्जालमा निकै सक्रिय कलाकारमध्ये एक हुन्।
उनी बेला-बेलामा आफ्ना नयाँ तस्बिर र भिडियोमार्फत फ्यानसँग जोडिँदै आएकी छन्।
तस्वीरहरू:





